अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीका तीन पदाधिकारी पदमुक्त

प्रेस चौतारीका तीन पदाधिकारी पदमुक्त


काठमाडौं- प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदीसहित तीन पदाधिकारीलाई पदमुक्त गरिएको छ ।

चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा अवाञ्छित र अनाधिकृत रूपमा अन्य पक्षसँग मिलेर सङ्गठनका मूलधारका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको जनाउँदै कारवाही गरेको हो ।

बैठकले वाग्मती प्रदेशका उपाध्यक्ष सुवेदी, सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष नरेन्द्र साउँद र महासचिव राजेश राईलाई साधारण सदस्यता कायम रहने गरी पदमुक्त गरेको अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकले उपमहासचिव हीरामान लामालाई विधानबमोजिम कार्यवाहक महासचिवको जिम्मेवारी दिएको तथा आजको बैठकमा अनुपस्थित उपमहासचिव रामकुमार एलन, सचिव अमृतनाथ तिमिल्सना र सुरोजङ्ग पाण्डेलाई यही वैशाख ३ गतेको सचिवालयको बैठकमा अनिवार्यरुपमा उपस्थित हुन निर्देशन गरेको छ ।

यस्तै, जिल्लास्तरमा गरिनुपर्ने कारवाही र सङ्गठन विस्तारका लागि सम्बन्धित प्रदेश समितिलाई अख्तियारी दिएको छ ।