अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब ढाँटहरूको व्यापार चल्दैन : प्रधानमन्त्री ओली

अब ढाँटहरूको व्यापार चल्दैन : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कुनै प्रकारको संकट नरहेको बताउनुभएको छ ।

उहाँले ढाँटका व्यापारीहरूले संकटको हल्ला मात्र चलाएको बताउनुभयो ।

बिहीबार माउण्टेन टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले मुलुकमा स्वार्थको संकट, कसैलाई प्रधानमन्त्री बन्न पाइन भन्ने संकट मात्र रहेको तर अरू संकट भने नरहेकाले देश आफ्नै गतिमा अगाडि बढिरहेको बताउनुभयो ।

‘ढाटहरूले संकटको व्यापार धेरै गर्न खोजे, सरकारले देशलाई सही दिशामा हिँडाइरहेको छ । त्यसले गर्दा ढाँटहरूको व्यापार अब चल्दैन,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीलले तत्काल आफ्नो नेतृत्वको विकप्लप नभएकोसमेत बताउउनुभयो ।