अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग आपत्तीजनक : भट्टराई

प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग आपत्तीजनक : भट्टराई


काठमाडौं- भारतको खुफिया एजेन्सी रअ सँग जोडेर केही अनलाइनमा आएका भ्रामक समाचारप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले आपत्ती जनाएको छ ।

परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्रीको हस्ताक्षरको दुरूपयोग गरी केही अनलाईनमा प्रकाशित समाच भ्रमपूर्ण र त्यसमा कुनै यर्थाथ नरहेको जनाउनुभएको छ ।

‘भारतीय खुफिया एजेन्सीका प्रमुखसँगको सम्झौताको रूपमा सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरुपयोग गरी केही अनलाईनमा प्रकाशित भ्रमपूर्ण प्रचार निन्दनीय छ,’ डा. भट्टराईले फेसबुकमा लेख्नुभएको छ, ‘विदेश मामिला जस्तो संवेदनशील विषयमा गरिने यस्ता खेलबाडप्रति सचेत हुन सबैमा आग्रह गर्दछु ।’

यता एमाले एमाले केन्द्रीय सदस्य विष्णु रिजालले पनि विदेशी गुप्तचरसँग गरेको लिखित समेझौता भन्दै नक्कली कागज खडा गर्नु निन्दनीय भन्नुभएको छ ।

‘प्रधानमन्त्रीसँग रिस उठे आलोचना गर्ने अरू कैयौं विषय छन् । तर, विदेशी गुप्तचरसँग लिखित सम्झौता गरेको भन्दै नक्कली कागजात खडा गरी प्रचार गर्नु वस्तुतः तिनै गुप्तचर र तिनकै देशको सेवा हुन्छ,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘यति गम्भीर विषयमा आपत्तिजनक प्रचार गर्नुको अरू उद्देश्य त के होला र ! कम्तीमा देशको मर्यादाको त ख्याल गरौं !’

प्रधानमन्त्री र भारतको खुपिया एजेन्सीका प्रमुख सामन्त गोयलले हस्ताक्षर गरेको पत्र भन्दै केही अनलाइनले समाचार प्रकाशन गरेका थिए ।