अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको फेक डकुमेन्ट प्रकरणः प्रेस काउन्सिलले लियो एक्सन, प्रहरीले पनि सुरु गर्‍यो अनुसन्धान

प्रधानमन्त्रीको फेक डकुमेन्ट प्रकरणः प्रेस काउन्सिलले लियो एक्सन, प्रहरीले पनि सुरु गर्‍यो अनुसन्धान


काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर दुरुपयोग गर्दै भारतीय खुफिया एजेन्सीसँग गरिएको भनिएको भ्रामक सम्झौतासम्बन्धि समाचारबारे प्रेस काउन्सिल नेपालले अनुसन्धान सुरु गरेको छ ।

काउन्सिलले भ्रामक सम्झौताको पत्र प्रकाशन गर्ने अनलाइनलाई स्पष्टीकरण माग गरेको छ । काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले मुलुकका कार्यकारी प्रमुखलाई जोडेर मुलुक र राष्ट्रियताविरुद्धको कार्य क्षम्य नहुने बताउनुभयो । ‘यो अत्यन्तै गैरजिम्मेवार कार्य हो,’ उहाँले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘सम्बन्धित त्यस्ता अनलाइनसँग स्पष्टीकरण माग गर्ने र अनुसन्धान गर्ने काम सुरु भएको छ ।’

प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गरेर भ्रामक पत्र तयार गरेकोबारे नेपाल प्रहरीले पनि अनुसन्धान सुरु गरेको छ । साइबर ब्यूरोले प्रधानमन्त्रीको हस्ताक्षर फोटोसप गरेर पत्र तयार गर्ने समूहको खोजी सुरु गरेको जानकारी दिएको छ ।