काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले केही समूह प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी अडानविरुद्ध षड्यन्त्रमा उत्रिएको बताउनुभएको छ ।
प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गर्दै एक फेक सम्झौता सार्वजनिक गरेलगत्तै उपप्रधानमन्त्रीको भनाइ सार्वजनिक भएको हो ।
उहाँले लेख्नुभएको छ, ‘कुनैबेला विदेशी शक्तिको न्यानो काखमा सुतेर देशमा उत्पात मचाउन लाज नमान्नेहरू अहिले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् ! यस्ता काम घृणायोग्य र दण्डनीय छन् !’
प्रतिक्रिया