अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपप्रधानमन्त्री भन्नुहुन्छ, ‘प्रधानमन्त्रीविरुद्ध घिनलाग्दो षड्यन्त्र’

उपप्रधानमन्त्री भन्नुहुन्छ, ‘प्रधानमन्त्रीविरुद्ध घिनलाग्दो षड्यन्त्र’


काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले केही समूह प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी अडानविरुद्ध षड्यन्त्रमा उत्रिएको बताउनुभएको छ ।

प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गर्दै एक फेक सम्झौता सार्वजनिक गरेलगत्तै उपप्रधानमन्त्रीको भनाइ सार्वजनिक भएको हो ।

उहाँले लेख्नुभएको छ, ‘कुनैबेला विदेशी शक्तिको न्यानो काखमा सुतेर देशमा उत्पात मचाउन लाज नमान्नेहरू अहिले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् ! यस्ता काम घृणायोग्य र दण्डनीय छन् !’

कुनैवेला विदेशी शक्तिको न्यानो काखमा सुतेर देशमा उत्पात मचाउन लाज नमान्नेहरू अहिले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी…

Posted by Ishwar Pokhrel on Thursday, April 15, 2021