अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सांसदले ‘फ्लोर क्रस’ गरेपछि जोगियो कर्णालीको सरकार

एमाले सांसदले ‘फ्लोर क्रस’ गरेपछि जोगियो कर्णालीको सरकार


सुर्खेत- कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत जित्नुभएको छ । अन्तिम समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले साथ दिने निर्णय गरेपछि शाहीले विश्वासको मत लिने निर्णय गर्नुभएको थियो ।

नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेपछि शाहीको पक्षमा कुल २२ मत परेको बताइएको छ । विपक्षमा १५ मत खसेको थियो ।

शुक्रबार संसदमा ३७ जना सांसद उपस्थित हुनुहुन्थ्यो ।

नेकपा एमालेका तीन जना मन्त्रीले राजीनामा दिएपछि शाही आफैँले प्रदेश संसदबाट विश्वासको मत लिने निर्णय गर्नुभएको थियो । एमाले मन्त्रीको राजीनामासँगै प्रदेश सरकार अल्पमतमा परेको थियो ।