सुर्खेत- नेकपा एमालेको कर्णाली प्रदेशसभामा पार्टीको निर्देशन विपरित विद्रोह गरेका चार जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीको सिफारिस भएको छ ।
एमाले कर्णालीका प्रमुख सचेतक गुलावजंग शाहका अनुसार प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई कारबाहीको सिफारिस गरेर पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिफारिस गरिएको छ ।
यसैगरी, पहिला माओवादीको पक्षमा मत हालेर पछि फेरी एमालेको पक्षमा मत सारेकी देवी ओलीलाई किन यसो गरेको भनेर स्पष्टिकरण सोधिने शाहले नेपाली बहस डट कमलाई बताउनुभयो । अहिले कर्णालीमा एमाले संसदीय दलको बैठक जारी छ ।
प्रतिक्रिया