अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्च अदालतका लागि दुई न्यायाधीश अनुमोदित

सर्वोच्च अदालतका लागि दुई न्यायाधीश अनुमोदित


काठमाडौं- सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ । समितिले डा. कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले आजै सुनुवाइ गरेको थियो । यसअघि सुवेदीविरुद्ध योग्यताका विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो ।