अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मानव पाइला पुगेको ७१ वर्षपछि पहिलोपटक नेपाली महिलाको टोली अन्नपूर्णमा

मानव पाइला पुगेको ७१ वर्षपछि पहिलोपटक नेपाली महिलाको टोली अन्नपूर्णमा


काठमाडौं– मानव पाइला पुगेको ७१ वर्षपछि पहिलोपटक ६ नेपाली महिलाको टोलीले अन्नपूर्ण आरोहण गरेका छन् ।

यस वर्षको पहिलो वसन्तकालीन हिमाल आरोहण सिजनअन्तर्गत शुक्रबार कम्तीमा ६ नेपाली महिलासहित ६८ जनाले विश्वको दसौं अग्लो अन्नपूर्ण (प्रथम) हिमाल आरोहण गरे । ८ हजार ९१ मिटर उचाइको यो चुचुरोमा मानव पाइला पुगेको ७१ वर्षपछि पहिलोपटक ६ नेपाली महिलाको टोलीले पनि आरोहण गरेका हुन् ।

विदेशी आरोहीहरूको सहयोगीका रूपमा गएका कम्तीमा ६ नेपाली महिलाहरू पनि शुक्रबारै अन्नपूर्ण चढेका छन् । जसमा गोरखा घर भएकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, ओखलढुंगाकी माया शेर्पा, दोलखाकी दावा याङजेन शेर्पा, दावा फुटी शेर्पा, काभ्रेकी शर्मिला तामाङ र सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पा छन् ।