अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रमा विलय हुन आतुरहरुले फ्लोर क्रस गरेः रिमाल

माओवादी केन्द्रमा विलय हुन आतुरहरुले फ्लोर क्रस गरेः रिमाल


काठमाडौं– एमाले नेता तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले माओवादी केन्द्रमा विलय हुन आतुरहरुले फ्लोर क्रस गरेको टिप्पणी गर्नुभएको छ ।

कर्णालीमा पार्टी ह्वीप उल्लंघन गरी एमाले सांसदहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएलगत्तै रिमालले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभएको छ, ‘कर्णाली प्रदेशको “फ्लोर-क्रस” फ्लोर-क्रस मात्र हैन, माओवादी केन्द्रमा विलय हुन आतुर एमाले भित्र रहेका एमाले विरोधीहरूको सार्वजनिक उद्घोष हो। एमाले समाप्त पार्न ‘एकता-बिधि-पद्धति’को नाममा क्रियाशील तत्व, के कस्तो षड्यन्त्रमा संलग्न छ भन्ने बुझ्न र त्यसबाट भ्रममुक्त हुन यो घटना पर्याप्त छैन र ?’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि कडा शब्दमा एमाले सांसदहरुको कार्यको विरोध गर्नुभएको छ । उहाँको भनाइ छ, ‘प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा र देवी ओली- यी पाँचको अपराध अक्ष्यम्य छ। आर्थिक प्रलोभन वा राजनीतिक बिक्रीबट्टा यो कुन कोटीको गोटी बनेको दृष्टान्त हो ? यस तहको गद्दारी किमार्थ मान्य हुन सक्दैन। प्रचण्डका हली-गोठाला बनेर यो तहको घात गर्ने ?’