अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वदलीय बैठक सुरू, कांग्रेसबाट देउवासहितका शीर्ष नेता सहभागी

सर्वदलीय बैठक सुरू, कांग्रेसबाट देउवासहितका शीर्ष नेता सहभागी


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक बालुवाटरमा सुरू भएको छ ।

देशमा बढ्दै गएको कोरोनाको संक्रमण, संसदको जारी अधिवेशनको अन्त्य लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सो बैठक बोलाउनु भएको हो ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता सहभागी हुनुभएको छ । बैठकमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणलगायत सहभागी हुनुहुन्छ ।