अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वदलीय बैठक

सभामुखले अराजक र अनैतिक ढंगले असहयोग गर्नुभयो : प्रधानमन्त्री ओली

सभामुखले अराजक र अनैतिक ढंगले असहयोग गर्नुभयो : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको भूमिका अराजक र अनैतिक खाले भएको बताउनुभएको छ ।

आज बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संसदबाट कुनै पनि काम हुन नदिई सरकारलाई सभामुखले असहयोग गरेको बताउनुभएको हो ।

‘प्रधानमन्त्रीज्यूले सभामुखले असहयोग गरे, संसदले काम गर्न दिएन र सभामुख अराजक र अनैतिक काम गरिरहेका छन् भन्नुभयो । हामीले मिलाएर लैजानुस् भनेका छौँ,’ बैठकमा सहभागी राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भन्नुभयो ।