अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ सरकार बनाउँ भनेको संख्यै पुर्‍याउन सकिएन : रामचन्द्र पौडेल

नयाँ सरकार बनाउँ भनेको संख्यै पुर्‍याउन सकिएन : रामचन्द्र पौडेल


काठमाडौं- नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार बनाउने प्रयास गरे पनि संख्या पुर्‍याउन नसकेको बताउनुभएको छ ।

आज बालुवाटारमा सर्वदलीय बैठक सकेपछि पत्रकारसँग कुरा गर्दै नेता पौडेलले आफूहरू नयाँ सरकार बनाउने प्रयासमा लागेको तर संख्या पुर्‍याउन नसकेको बताउनुभएको हो ।

‘यो सरकारलाई विस्थापन गरेर नयाँ सरकार बनाउने हाम्रो प्रयास जारी छ,’ पौडेलले भन्नुभयो, ‘तर, संख्या पुर्‍याउन सकिएको छैन । संख्यै पुर्‍याउन नसकेपछि हाम्रो के लाग्छ र?’