अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीविना पनि देश चल्छ : परराष्ट्रमन्त्री ज्ञवाली

माओवादीविना पनि देश चल्छ : परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं- परराष्ट्रमन्त्री एवं नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने बताउनुभएको छ ।

आज वालुवाटारमा प्रधानमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले सो कुरा बताउनुभएको हो ।

ज्ञवालीले माओवादीलाई आजको बैठकबारेमा हिजै खबर गरे पनि प्रचण्ड नआएकोमा आश्चर्य प्रकट गर्नुभयो ।

‘हिजो दिउँसै तपाईंहरूले नै छाप्नुभयो प्रचण्डलाई प्रधानमन्त्रीको फोन गयो । बैठकमा प्रधानमन्त्रीले डाक्नुभएको छ भनेर प्रचण्डले नै भन्नुभएको हो,’ ज्ञवालीले भन्नुभयो, ‘तर, आज उहाँहरू आउनु भएन । यो आश्चर्यको कुरा छ । उहाँहरूले बुझ्नु पर्दछ कि माओवादीबिना पनि देश चल्छ । ’