अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली विचलनः ‘फ्लोर क्रस’ गर्नेलाई मन्त्री

कर्णाली विचलनः ‘फ्लोर क्रस’ गर्नेलाई मन्त्री


काठमाडौं– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ ।

वैशाख ३ गते विश्वासको मत पाएपछि मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको हो । जसअनुसार उहाँले नेकपा एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषितथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको छ । बुढा, थापा र शाहीले पार्टी ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर शाहीलाई मत दिनुभएको थियो ।

नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ आइतबार लिने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।