काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादलको सांसद पद पनि गुमेको छ ।
माओवादी केन्द्रले दल त्याग गरेको भन्दै संघीय संसदमा पत्र पठाएसँगै थापाले राष्ट्रिय सभा सदस्य रिक्त भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता दीनानाथ शर्माले पठाएको लिखित पत्र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वीकृत गर्नुभएको छ ।
राष्ट्रिय सभा सदस्यबाट हटे लगत्तै बादल गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त हुनुभएको छ ।
सअघि नेकपा एमाले प्रवेश गरेका चार जना माओवादी केन्द्रका मन्त्रीहरुको सांसद पद गुमेको थियो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले त्यससम्बन्धी सूचना पढेर सुनाउनुभएको थियो ।
माओवादी केन्द्रले एमाले प्रवेश गरेका चार मन्त्रीहरु ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहले पद त्याग गरेको सूचना मंगलबार संसद् सचिवालयमा दर्ता गरेको थियो।
प्रतिक्रिया