अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फ्लोर क्रस गर्ने तीन मन्त्रीको शपथ अनिश्चित

फ्लोर क्रस गर्ने तीन मन्त्रीको शपथ अनिश्चित


काठमाडौं– एमालेको निर्देशनको अवज्ञा गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका तीनजना नवनियुक्त मन्त्रीको शपथ ग्रहण अनिश्चित भएको छ ।

प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले यस विषयलाई महत्व नदिएका कारण मन्त्रीहरुको शपथ ग्रहण अन्यौल भएको हो ।

मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले एमालेको निर्देशन उल्लंघन गर्दै आफ्नो पक्षमा मतदान गर्ने तीन जना सांसदलाई हिजो मन्त्री पदमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री कार्यालयले हिजै प्रदेश प्रमुख कार्यलयमा मन्त्रीको नियुक्तिको जानकारी गराए पनि यो समाचार तयार गर्दासम्म प्रदेश प्रमुखले कुनै रेस्पोन्स नगरेको मुख्यमन्त्री कार्यलय स्रोतले जानकारी दिएको छ ।

शाहीले एमालेबाट सांसद भएकाहरु नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, कुर्मराज शाहीलाई उद्योग पर्यटन वन तथा वातावरण र अमरबहादुर थापालाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।