अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माडीको अयोध्याधामलाई राम जन्मभूमि प्रमाणित गर्न निरन्तर लाग्‍छु : प्रचण्ड

माडीको अयोध्याधामलाई राम जन्मभूमि प्रमाणित गर्न निरन्तर लाग्‍छु : प्रचण्ड


चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अयोध्याधामलाई राम जन्मभूमि भनेर प्रमाणित गर्न आफू निरन्तर लाग्‍ने बताउनुभएकाे छ । आइतबार चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा पुग्नुभएका उहाँले यस्ताे बताउनुभएकाे हाे ।

आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको उक्त ठाउँमा पुगेर प्रचण्डले राम त्यहीँ जन्मेको पुष्टि भए सबैभन्दा खुसी आफू हुनेसमेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘माडीको अयोध्यापुरी भगवान रामको जन्मभूमि हो भनेर प्रमाणित भए सबैभन्दा खुसी मै हुन्छु । माडीको

माडीवासीलाई सम्बोधन गर्दै उहाँले पुरातत्वविद्, अनुसन्धानकर्ता र खोजकर्ताको गहिरो अनुसन्धान र अध्ययनबाट माडीको अयोध्याधाम नै राम जन्मभूमि प्रमाणित भए चितवन क्षेत्र नं. ३ को जनप्रतिनिधिका रूपमा अरूभन्दा आफू नै खुसी हुने बताउनुभयो ।

माडीको अयोध्याधाम रामको जन्मभूमि भनेर अहिले राष्ट्रिय चर्चा भएको बताउँदै उहाँले यसलाई आधिकारिक र प्रमाणित गर्न आफू लागिरहने बताउनुभयो ।

‘यहाँको निर्वाचित जनप्रतिनिधिको नाताले पनि अयोध्या नै राम जन्मभूमि हो भनेर प्रमाणित गर्न म लाग्नेछु,’ प्रचण्डले भन्नुभयो, ‘मेरो मुख्य ध्येय पुरातत्वविद्हरूलाई राखेर प्रमाणित गर्न नै हुन्छ ।’

प्रचण्डले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान रहेको समेत बताउनुभयो । ‘कम्युनिष्टले धार्मिक आस्थाप्रति उच्च सम्मान गर्दैन भन्ने कुरा झुटो हो,’ उहाँले भन्नुभयो, ‘धार्मिक आस्थाप्रति कम्युनिष्टहरू नै बढी जिम्मेवार हुनेछन् ।’

गत वर्ष वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्यापुरी भगवान रामको जन्मथलोका रूपमा दाबी गरेपछि यो स्थानको महत्व झन् बढेको छ ।

साथै, सरकारले अयोध्याबारे अनुसन्धान गरेर तथ्य फेला पार्न अयोध्या अनुसन्धान तथा व्यवस्थापन समिति गठनसमेत गरिसकेको छ ।