अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा बादललाई गृहमन्त्रीमा पुनः नियुक्त

राष्ट्रपतिद्वारा बादललाई गृहमन्त्रीमा पुनः नियुक्त


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेता रामबहादुर थापा (बादल)लाई पुनः गृहमन्त्रीमा नियुक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले आज थापालाई गृहमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई नियुक्त गरिएको उल्लेख गर्नु भएको हो ।

संघीय संसद्ले थापाको सांसद पद रिक्त गर्न माग राखी माओवादी केन्द्रले बुझाएको पत्र आइतबार स्वीकृत गरेकोमा प्रधानमन्त्री ओलीले उनलाई आजै पुनः नियुक्तका लागि सिफारिस गर्नु भएको थियो ।

थापाले आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण गर्नुहुने छ ।