अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक


काठमाडौं- माओवादी केन्द्रले स्थायी कमिटी बैठक सोमबार (भोलि) बस्ने भएको छ ।

सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा पछिल्लो राजनीतिक अवस्था, सत्ता साझेदारी लगायत विषयमा छलफल हुने उहाँले बताउनुभयो ।

भोलिको बैठकले केन्द्रीय कमिटी बैठकको मिति तोक्ने र पार्टीको प्रशिक्षण अभियानबारे पनि निर्णय गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पनि गर्न सक्ने श्रेष्ठले बताउनुभयो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं भनेपनि अहिलेसम्म किन लिनुभएन भन्ने प्रश्नमा श्रेष्ठले भन्नुभयो, ‘सरकारलाई दिएको समर्थन त हामीले फिर्ता लिइसकेका छौं, औपचारिक रुपमै सम्भवतःभोलि फिर्ता लिन्छौं ।’