अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी सम्झौताप्रति कांग्रेस सकारात्मक छ : डिला सङ्ग्रौला

एमसीसी सम्झौताप्रति कांग्रेस सकारात्मक छ : डिला सङ्ग्रौला


बागलुङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताप्रति सकारात्मक भएको जानकारी दिनुभएको छ ।

नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले वर्तमान सरकारले एमसीसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहने जानकारी दिनुभयो । ‘एमसीसीप्रति कांग्रेस सकारात्मक छ । विकास र समृद्धिका लागि कांग्रेस बाधक छैन,’ उहाँले भन्नुभयो ।

उहाँले बर्तमान सरकारले गरेका सबै काम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा अबको सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेशसमेतमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ ।’ कोरोना जोखिमसमेतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उहाँले बताउनुभयो ।