अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वैशाख ९ गते बल्खुमा एमाले पार्टी कार्यालय शिलान्यास गरिने

वैशाख ९ गते बल्खुमा एमाले पार्टी कार्यालय शिलान्यास गरिने


काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा निर्माण हुने पार्टी कार्यालय शिल्यान्यास गर्नुहुने भएको छ ।

कार्यालय सचिव ईश्वरी रिजालका अनुसार २०७२ को भूकम्पले भत्काएको मुख्यालय प्रधानमन्त्री ओलीले यही वैशाख ९ गते शिल्यान्यास गर्नु हुने भएको हो ।

बल्खुमा पार्टी कार्यालय शिल्यान्यास गरिएकै दिन धुम्बाराहीको पार्टी कार्यालय बबरमहलबाट सञ्चालनमा पनि ल्याइने कार्यालय सचिव रिजालले जानकारी दिनुभयो ।

चक्रपथ सडक विस्तारले कार्यालय सञ्चालनमा असर गरेको भन्दै एमालेले बबरमहलमा कार्यालय सार्न लागेको हो ।