अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली र विप्लवबीचबीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयन, देशको पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

गृहमन्त्री रामबहादुर थापा (बादल) र प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई पनि वार्तामा सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न विप्लवसँगै खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) पनि बालुवाटार जानुभएको थियो ।