अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वरिष्ठ पत्रकार नकुल काजीद्वारा महासंघको सदस्यता त्याग

वरिष्ठ पत्रकार नकुल काजीद्वारा महासंघको सदस्यता त्याग


झापा- ६ दशक लामो समयदेखि पत्रकारिता गरिहनुभएका नकुल काजीले पत्रकार महासंघको सदस्यता त्याग गर्नुभएको छ ।

झापाको भद्रपुर नगरपालिका-८ का बासिन्दा ७७ वर्षीय काजीले आफूले अहिलेको पत्रकारिताको निष्ठा बुझ्न छोडेको भन्दै राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

‘लगभग ६० वर्षदेखि साहित्य र सूचना सञ्चार सेवा विधाका सारभूत सिद्धान्तकाप्रति आत्मानिवोदित रहेर प्रवृत्त म यो समय सन्दर्भको ति विधागत व्यावहारिक शैली बुझ्न असमर्थ हुन थालेको आत्मानुभूति भएकाले महासंघको साधारण सदस्य (मतदाता) समेत रहने योग्यता ममा नरहेको ठहर गरी सो पदबाट राजीनामा दिएको छु,’ काजीले राजीनामा पत्रमा लेख्नुभएको छ ।

काजीले वि.सं २०१८ सालदेखि भारतको दाजर्लिङबाट पत्रकारिता सुरू गर्नुभएको थियो । उहाँले आफ्नो पत्रकारिता जीवनमा झापाको विवेचना दैनिकका साथै विभिन्न १३ पत्रिकाको सम्पादक भएर काम गर्नुभयो ।

पत्रकार काजीको राजीनामा पत्र :