अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बादलद्वारा पुनः गृहमन्त्रीको सपथग्रहण

बादलद्वारा पुनः गृहमन्त्रीको सपथग्रहण


काठमाडौं- रामबहादुर थापा (बादल) ले पुनः गृहमन्त्रीको सपथग्रहण गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

नेकपा माओवादी केन्द्रको सिफारिसमा बादललाई आजै राष्ट्रिय सभा सदस्यबाट हटाइएको थियो । राष्ट्रिय सभा सदस्य हटेसँगै स्वतः गृहमन्त्री पद पनि हटेको थियो ।

तर, प्रधानमन्त्री ओलीले फेरि गृहमन्त्रीमा बादललाई नै निरन्तरता दिनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्री थापालाई पद तथा गोपनीयताको सपथ दिलाउनुभएको हो ।