अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेश : ‘फ्लोर क्रस’ गरेका तीन मन्त्रीद्वारा सपथग्रहण

कर्णाली प्रदेश : ‘फ्लोर क्रस’ गरेका तीन मन्त्रीद्वारा सपथग्रहण


सुर्खेत- कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ ।

नवनियुक्त मन्त्रीहरू नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले आइतबार साँझ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘फ्लोर क्रस’ गरेर आफूलाई विश्वासको मत दिने एमालेको माधव नेपाल समूहका तीन जनालाई शनिबार साँझ मन्त्रीमा नियुक्त गर्नु भएको थियो ।

मुख्यमन्त्री शाहीले थापालाई भौतिक पूर्वाधार मन्त्री, बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिनुभएको थियो ।