अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराजा शाह स्वदेश फिर्ता

पूर्वराजा शाह स्वदेश फिर्ता


काठमाडौं- भारत भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्कनुभएको छ ।

भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्किनुभएका पूर्व राजा शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकले भव्य स्वागत गरेका छन् ।

राष्ट्रिय झण्डा, फूल तथा बाजागाजासहित पूर्वराजा शाहलाई स्वागत गरिएको हो । त्यसक्रममा समर्थकले नारासमेत लगाएका थिए ।

पूर्वराजा शाह गत चैत २६ गते भारत जानुभएको थियो ।