अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता


बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुभएको हो । उहाँहरूले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्नु भइको छ ।

जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादवले ४१ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेको बताउनुभयो ।

अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेका छन्।

लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय हो । यहाँ नेकपा एमालेका ४१ सांसद हुनुहुन्छ ।