अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


काठमाडौं- आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

साेमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणबस भोलिका लागि सारिएको नेता देव गुरुङले जानकारी दिनुभयो । बैठक सर्नुको कारण भने उहाँले खुलाउनु भएन ।

प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य भएपछि सरकारविरुद्ध थप रणनीति बनाउन बैठक स्थगित गरेर नेताहरु आन्तरिक छलफलमा जुटेका एक नेताले बताउनुयो । सरकारले सोमबार रातिदेखि लागू हुनेगरी प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ ।

आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने, केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने, पार्टीको प्रशिक्षण लगायत विषयमा छलफल हुने माओवादीले जनाएको थियो ।