काठमाडौं- नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक सुरू भएको छ । बैठक केही बेरअघि बालुवाटारमा सुरू भएको हो ।
बैठकमा र पार्टीभित्र देखिएको विवाद समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल हुने बताइएको छ । साथै, कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई पार्टीबाट निश्कासनको निर्णयसमेत हुनसक्ने एमाले स्रोतले जनाएको छ ।
यसैगरी, महाधिवेशन सम्पन्न गर्नका लागि नेताहरुको जिम्मेवारी समेत बाँडफाँड हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया