अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू

एमाले केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू


काठमाडौं- नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक सुरू भएको छ । बैठक केही बेरअघि बालुवाटारमा सुरू भएको हो ।

बैठकमा र पार्टीभित्र देखिएको विवाद समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल हुने बताइएको छ । साथै, कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई पार्टीबाट निश्कासनको निर्णयसमेत हुनसक्ने एमाले स्रोतले जनाएको छ ।

यसैगरी, महाधिवेशन सम्पन्न गर्नका लागि नेताहरुको जिम्मेवारी समेत बाँडफाँड हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।