अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘माधव नेपालले कर्णालीमा बेइमानी गरेर अक्षम्य अपराध गरे’

‘माधव नेपालले कर्णालीमा बेइमानी गरेर अक्षम्य अपराध गरे’


काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले कर्णाली प्रदेशमा अक्षम्य अपराध गरेको बताउनुभएको छ ।

आज बालुवाटारमा जारी एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले माधव नेपालले कर्णालीमा बेइमानी गरेर अक्षम्य अपराध गरेको बताउनुभएको हो ।

कर्णाली प्रदेशमा एमाले नेपाल–खनाल पक्षका चार जना सांसदले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगाएका थिए ।

साथै, बैठकमा प्रधानमन्त्री ओलीले भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँगको भेटमा हुँदै नभएको कुरा गरेर प्रचण्डले बकवास गरेको समेत बताउनुभएको छ ।

‘प्रधानमन्त्री ओलीले सामन्त गोयलसँग सहमति गरेको भनेर बाहिर हल्ला भएको छ । फेक डकुमेन्ट पनि प्रचारमा ल्याइएको छ,’ उहाँले भन्नुभयो, ‘यो सबै काम प्रचण्डले गरेका हुन् । ’

केही दिनअघि उज्यालो नेटवर्क नामको अनलाइनले प्रधानमन्त्री र रअप्रमुखबीच विभिन्न ६ बुँदे सहमति भएको भन्दै भ्रामक समाचार छापेका थियो । सो समाचार केही अनलाइनले साभारसमेत गरेका थिए ।

प्रेस काउन्सिल नेपालले अनुसन्धान गर्दा उज्यालो नेटवर्कले लेखेको समाचार भ्रामक मात्र रहेको ठहर भएको छ । साथै, सो समाचार लेख्ने र साभार गर्ने सबै अनलाइनमाथि काउन्सिलले कारवाही पक्रिया अगाडि बढाइसकेको छ ।