अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रअ प्रमुखसँग सहमति गर्‍यो भनेर प्रचण्डले झुटो हल्ला फिजाए : प्रधानमन्त्री ओली

रअ प्रमुखसँग सहमति गर्‍यो भनेर प्रचण्डले झुटो हल्ला फिजाए : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त कुमार गोयलसँग सहमति गरेको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हल्ला फिजाएको बताउनुभएको छ ।

बालुवाटारमा सुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले गोयलसँग प्रधानमन्त्रीले लिखित गर्‍यो भनेर प्रचण्डले झुटो हल्ला फिजाएको बताउनुभएको हो ।

‘प्रधानमन्त्री ओलीले सामन्त गोयलसँग सहमति गरेको भनेर बाहिर हल्ला भएको छ । फेक डकुमेन्ट पनि प्रचारमा ल्याइएको छ,’ प्रधानमन्त्री ओलीलले भन्नुभयो, ‘यो सबै काम प्रचण्डले गरेका हुन् ।’

साथै, उहाँले माधवकुमार नेपालले कर्णाली प्रदेशमा बेइमानी गरेर अक्षम्य अपराध गरेको बताउनुभयो ।

कर्णाली प्रदेशमा एमाले नेपाल-खनाल पक्षका चार जना सांसदले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगाएका थिए ।