अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रतिनिधि सभालाई खेलौना बनाइयो : उपेन्द्र यादव

प्रतिनिधि सभालाई खेलौना बनाइयो : उपेन्द्र यादव


काठमाडौं- जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले सरकारले प्रतिनिधि सभालाई खेलौना बनाएको आरोप लगाउनु भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गरेपछि उहाँले यस्ताे आरोप लगाउनुभएकाे हो ।

हिउँदे अधिवेशन अन्त्यबारे के भन्नुहुन्छ भन्ने प्रश्नमा यादवले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई खेलौना बनाउनुभयो, जतिबेला जे गरे पनि हुन्छ भन्ने व्यवहार देखाउनुभयो ।’

थुप्रै विधेयक प्रतिनिधि सभामा अड्किरहेका बेला अधिवेशन नै अन्त्य गर्नु मनोमानी भएको यादवले बताउनुभयो । ‘हाम्रा मुद्दाहरू राख्ने ठाउँ हो सदन, उहाँले अधिवेशन सकिएको घोषणा गर्नुभएछ, बहस गर्ने थलो सधैँ खुला रहनुपर्छ,’ यादवले भन्नुभयो ।

प्रधानमन्त्री ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच दूरी बढिरहेको हल्ला चलेको बताउँदै उहाँले भन्नुभयो, ‘उहाँहरूबीचको आन्तरिक झगडाका कारण अधिवेशन अन्त्य गरिएको हो भने यो अन्त्यन्तै दुःखद हो ।’