अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिकोणात्मक सिरिज : मलेसियाविरुद्ध नेपाल ९ विकेटले विजयी

त्रिकोणात्मक सिरिज : मलेसियाविरुद्ध नेपाल ९ विकेटले विजयी


काठमाडौं- काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत मलेसियाविरुद्ध नेपाल ९ विकेटले विजयी भएको छ ।

मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य नेपालले १२.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले महत्वपूर्ण योगदान दिए ।

कुशलले आज ४१ बलमा पाँच छक्का र तीन चौकासहित अविजित ६१ रन बनाउनुभयो । कुशलको यो लगातार दोस्रो अर्धशतक हो । उहाँले शनिबार डेब्यूमै नेदरल्याण्ड्सविरुद्ध पनि अर्धशतक बनाउनुभएको थियो ।

त्यस्तै, अर्का ओपनर आशिफ शेखले २९ बलमा एक छक्का र चार चौकाको मद्दतमा ४२ रनको योगदान दिनुभयो । उपकप्तान दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहनुभयो ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको मलेसिया १६.५ ओभरमा १०९ रन बनाएर अलआउट भयो ।

उसका लागि सैयद अजीजले २७, शेरविन मुनिआन्डेले २० र सफिक सरिफले १५ रन बनाउनुभयो । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सक्नुभएन ।

बलिङमा करण केसीले उत्कृष्ट प्रदर्शन गर्नुभयो । उहाँले तीन ओभरमा १७ रन दिएर तीन विकेट लिनुभयो ।

त्यस्तै, सन्दीप लामिछानेले दुई, साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट हात पार्नुभयो ।