अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाधिवेशन आयोजक कमिटी बैठक

माधव नेपालसहित २० नेतालाई स्पष्टिकरण सोधिने

माधव नेपालसहित २० नेतालाई स्पष्टिकरण सोधिने


काठमाडौं- कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गराउन भूमिका खेल्ने २० जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले आज सो निर्णय गरेको हो ।

बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित २० जनालाई चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिनुभयो ।

तीन नेताका अनुसार बैठकले २० नेताहरूलाई दुई दिनकाे समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

स्पष्टीकरण चित्त बुझ्दो नभए उनीहरूलाई वैशाख १० गते बस्ने बैठकबाट कारबाही गर्ने निर्णय भएको छ ।