अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थपिएका केन्द्रीय सदस्य एमालेको परिषद् सदस्य बनाउने निर्णय

थपिएका केन्द्रीय सदस्य एमालेको परिषद् सदस्य बनाउने निर्णय


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनित गर्नुभएका नेताहरू राष्ट्रिय परिषद् सदस्य (रापस) बन्ने भएका छन् ।

आज बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठकले केन्द्रीय सदस्यमा मनोनित भएका १ हजार ५६ जनालाई राष्ट्रिय परिषद् सदस्यको जिम्मेवारी दिने निर्णय गरेको हो ।

नेकपा एमालेमा केन्द्रीय कमिटीभन्दा मुनिको पार्टी संरचनामा राष्ट्रिय परिषद् रहन्छ ।

त्यस्तै, बैठकले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गराउन भूमिका खेल्ने २० जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।

बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित २० जनालाई चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिनुभयो ।

स्पष्टीकरण चित्त बुझ्दो नभए उनीहरूलाई वैशाख १० गते बस्ने बैठकबाट कारबाही गर्ने निर्णय भएको छ ।