अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सार्वजनिक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने

सार्वजनिक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने


काठमाडौं- सरकारले सार्वजनिक यातायातमा क्षमताभन्दा बढी राख्न नपाउने र यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यदि मास्क नलगाए १० रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

त्यस्तै, बैठकले गाडीलाई नियमित स्यानिटाइज गर्नुपर्ने, मास्क नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले हवाई यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने पनिे निर्णय गरेको छ ।