अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेताकार्यकर्तालाई प्रधानमन्त्रीको आग्रह : चुनावको तयारीमा जुट्नुहोस्

नेताकार्यकर्तालाई प्रधानमन्त्रीको आग्रह : चुनावको तयारीमा जुट्नुहोस्


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि तयारी अवस्थामा रहँन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आज बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको हो ।

‘कुनै पनि बेला निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्छ, त्यसैले चुनावका लागि तयार भएर बस्न म पार्टीपंक्तिलाई आग्रह गर्छु,’ बैठकका निर्णय पत्रकारलाई सुनाउँदै एमाले प्रवक्ता एंव परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको भनाइ उदृद गर्दै भन्नुभयो ।

फेरि पनि एमालेलाई देशको पहिलो पार्टी बनाउनेतर्फ प्रधानमन्त्रीको ध्यानकेन्द्रित रहेको ज्ञवालीले बताउनुभयो । पार्टीलाई छिन्नभिन्न पार्न खोज्नेहरूलाई सच्चिएर आउन बैठकले आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

‘विभाजनकारी गतिविधिमा लागेका साथीहरूलाई ती गतिविधिहरू बन्द गरेर पार्टी एकता सुदृढ गर्न, सच्चिएर पार्टीमा आउन फेरि पनि फर्किन आग्रह गरिरहेका छौँ, नफर्किए त्यो एउटा कारबाहीको विषय बन्न सक्छ,’ ज्ञवालीले भन्नुभयो ।

सरकारको आगामी कार्यभारका रूपमा पार्टी संगठन विस्तार, विचार निर्माण र एमालेलाई देशको प्रमुख शक्तिका रूपमा स्थापित गर्ने तथा तीनै तहका सरकार सक्रिय बनाउने निर्णय भएको पनि उहाँले बताउनुभयो । महाधिवेशन आयोजक कमिटीको अर्को बैठक वैशाख १० गते बस्ने छ ।