अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा पाटन माविको भवन उद्घाटन

प्रधानमन्त्रीद्वारा पाटन माविको भवन उद्घाटन


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पाटनढोकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्मित भवनको उद्घाटन गर्नु भएको छ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको उक्त विद्यालयको भवन भूकम्प गएको करिब ६ वर्षपछि जापान सरकारको ऋण सहयोगमा पुनःनिर्माण सम्पन्न भएको छ ।

प्रधानमन्त्री ओलीले विद्यालय भवनको उद्घाटन गर्दै पाटन माध्यमिक विद्यालयले नेपालको इतिहासलाई जोडेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ गुणस्तरीय शिक्षा उपलब्ध हुनेछ ।’

भवन निर्माण गर्न जापान सरकारले करीब १८ करोढ ३१ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको प्राधिकरण जनाएको छ ।

पाटन विद्यालयको स्थापना १९८१ सालमा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले गर्नु भएको थियो ।

सुरुमा पाटन दरबारको कोतमा यो विद्यालय स्थापना भएको थियो । वि.स. १९९० मा गएको भूकम्पका कारण विद्यालयको भवनमा क्षति पुगेपछि विद्यालयलाई केही समयका लागि लगनखेलमा सारिएको थियो ।