अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय समिति बैठक सुरू

कांग्रेस केन्द्रीय समिति बैठक सुरू


काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरू भएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा साँझ साढे ६ बजेबाट बैठक सुरू भएको हो ।

दिउँसो ४ बजेका लागि बोलाइएको बैठक साढे २ घण्टा ढिलो गरि सुरू भएको हो ।

बैठकले १४ औँ महाधिवेशन सन्दर्भमा निर्णय लिने बताइएको छ । क्रियाशील सदस्य वितरण र नवीकरण सूचीकृत गर्ने समय थप गरिने भएको छ ।

वैशाख १५ गतेसम्म अन्तिम मिति राखेर समय थपिन लागेको हो । कांग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीका अनुसार उक्त मितिमा क्रियाशील सदस्य सूचीकृत नगराउने जिल्लाले महाधिवेशनमा भाग लिने पाउने छैनन् ।

निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले चैत २० गतेको केन्द्रीय समितिमा राजीनामा बुझाउनुभएको थियो ।