अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रम ओलीले पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रम ओलीले पेश गरेको प्रतिवेदन (पूर्णपाठ)


काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र एमाले विभाजनमा लागेको बताउनुभएको छ ।

पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमा उहाँले माआवोदी केन्द्र एमालेलाई विभाजन गर्ने एकसूत्रीय अभियानमा केन्द्रित रहेको उल्लेख गर्नु भएको हो ।

‘फागुन २३ पछि प्रतिनिधिसभामा तेस्रो दलको हैसियतमा पुगेको नेकपा (माके) प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउने र नेकपा (एमाले) लाई विभाजन गर्ने एकसूत्रीय अभियानमा केन्द्रित छ,’ उहाँले प्रतिवेदनमा उल्लेख गर्नु भएको छ, ‘ऊ विदेशी शक्तिका लागि ‘कम्फर्टेबल सरकार’ बनाउन तयार छ । प्रधानमन्त्रीको प्रस्ताव बोकेर विभिन्न दलहरुको ढोकामा पुग्छ । आफू नेकपा (एमाले) समेतको समर्थनबाट विजयी भएको तथ्यलाई लत्याउँदै राजनीतिक स्थायित्वका पक्षमा उभिएका नेताहरुलाई कारबाही गर्छ ।’

त्यस्तै, उहाँले माधव नेपाललगायतका नेताहरू पनि पार्टी विभाजनको कारक रहेको उल्लेख गर्नु भएको छ ।

‘माधव नेपाल लगायत नेकपा एमालेका केही नेताहरूको कुण्ठापरस्त, निहित स्वार्थप्रेरित र गुटगत क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको छ,’ अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गर्नु भएको छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीले प्रतिवेदनमा मुख्य विपक्षी नेपाली कांग्रेस अन्योलबाट गुज्रिरहेकोसमेत उल्लेख गर्नु भएको छ ।

‘संसद्मा मुख्य विपक्षी नेपाली कांग्रेस यतिबेला अन्योलबाट गुज्रिरहेको छ । नेकपाको विभाजनका कारण निर्वाचनबाट आफू लाभान्वित हुने आकलन गरिरहेको यो पार्टी नयाँ निर्वाचनको पक्षमा भने उभिन सकेको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘निरन्तर प्रयास गरे पनि उसले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन पनि सकिरहेको छैन । नेपाली कांग्रेसको यस्तो द्विविधा र कांग्रेसभित्र गुटैपिच्छेको भिन्नाभिन्नै मतले राजनीतिलाई अन्योलग्रस्त बनाइरहेको छ ।’

उहाँले संसद्ले राम्रोसँग काम गर्न नसकेको भन्दै पुनः विघटनको सम्भावना रहेको पनि प्रतिवेदनमा उल्लेख गर्नु भएको छ । ‘प्रतिनिधिसभाको वर्तमान संरचना सरकारलाई असहयोग गर्न र यसलाई सहज ढंगले चल्न नदिन पर्याप्त छ । तर वैकल्पिक सरकार दिन र देश र जनताको हितमा काम गर्न दिन प्रतिनिधिसभा सक्षम देखिएको छैन । यस्तो स्थिति लामो समयसम्म रहिरहनु उचित हुँदैन,’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राजनीतिक प्रतिवेदनको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस्