काठमाडौं- सत्तारुढ नेकपा एमालेले कारबाहीको सूचीमा रहेका संघीय र प्रदेश सभाका ३२ सांसदलाई स्पष्टीकरणका लागि पत्र काटेको छ ।
माधव नेपाल समूहमा रहेका सांसदहरूले पार्टी विरोधी गतिविधि गरिरहेका, समानान्तर कमिटी गठनमा सक्रिय रहेका सांसदहरूलाई पत्र काटिएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार इमेल र भाइबरबाट पत्र पठाइएको छ ।
माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको र अन्य सांसदलाई तीन दिनको स्पष्टीकरणसहितको पत्र पठाइएको हो ।
तीन पाने स्पष्टीकरण पत्रमा एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टीको अभ्यास गरेको भन्दै कारवाही किन नगर्ने भनेर सोधिएको छ ।
‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने? संसद सदस्यबाट किन नहटाउने?,’ पत्रमा भनिएको छ । कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।
पत्र :
स्पष्टीकरण सोधिने सांसदहरूको सूची सोमबार राति नै तयार गरिएको थियो । चित बुझ्दो जवाफ नआएमा १० गतेको केन्द्रीय कमिटीको बैठकबाट उहाँहरुलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट पनि निश्कासन गर्ने तयारी छ । माधव नेपाल समूहका भनेर चिनिएका नेता गोकर्ण विष्ट कारबाहीको सूचीमा हुनुहुन्न ।
एमालेले संघसहित कर्णाली प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गर्ने पाँच जना सांसदलाई पनि उही व्यहोराको पत्र पठाएको छ ।
को-को छन् कारबाही सूचीमा ?
१. माधवकुमार नेपाल
२. भीम रावल
३. सुरेन्द्र पाण्डे
४. घनश्याम भुसाल
५. पवित्रा निरौला
६. झपट रावल
७. मेटमणि चौधरी
८. यज्ञराज सुनुवार
९. जीवनराम श्रेष्ठ
१०. झलनाथ खनाल
११. विरोध खतिवडा
१२. सोमप्रसाद पाण्डे
१३. भवानी खापुङ
१४. नारायण खतिवडा
१५. जयकुमार राई
१६. गणेश पहाडी
१७. दिपकप्रकाश भट्ट
१८. योगेश कुमार भट्टराई
१९. हिराचन्द्र केसी
२०. पुष्पाकुमारी कर्ण कायस्थ
२१. कल्याणी खड्का
२२. लक्ष्मीकुमारी चौधरी
२३. सरला कुमारी यादव
२४. कृष्णलाल. महर्जन
२५. नीरादेवी जैरु
२६. मुकुन्द नेउपाने
२७. रामकुमारी झाँक्री
कर्णाली प्रदेशका सांसदहरू
१. प्रकाश ज्वाला
२. नन्दसिंह बुढा
३. कुर्मराज शाही
४. अम्बरबहादुर थापा
५. देवी ओली
यो पनि पढ्नुहोस्
प्रतिक्रिया