अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले दियो ९ बुँदे निर्देशन

वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले दियो ९ बुँदे निर्देशन


काठमाडौं- कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तिय संस्थाहरूका लागि नौ बुँदे निर्देशन जारी गरेको छ ।

राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार विज्ञप्ति जारी गर्दै जोखिम न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कतासहित बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न निर्देशन दिएको हो ।

विभागले राष्ट्रबैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै कारोबार गर्न भनेको छ । बैंकले क देखि घ वर्ग सम्मका सम्पूण बैंक तथा वित्तीय संस्थालाई नेपाल सरकार र विश्वस्वास्थ्य संगठनले जारी गरेको सबै मापदण्ड पालना गरी सेवा प्रवाह गर्न भनिएको छ ।

साथै सेवा प्रवाहका क्रममा सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने जनशक्तिलाई विशेष सजग हुन भनिएको छ ।

सेवा प्रवाहको क्रममा भिडभाड नहुने व्यवस्था मिलाउन, भौतिक दूरी बनाउन तथा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पनि निर्देशन दिइएको छ । त्यसैगरी, एटिएम प्रयाोग गर्ने ठाउँको ढोका खुल्ला राख्न र अनिवार्य स्यानिटाइजर प्रयोग गर्न भनिएकोे छ ।

विभिन्न तालिम तथा गोष्ठी आयोजना गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न र सकेसम्म यस्ता कार्यक्रमहरू भर्चुअल गर्न पनि निर्देशन दिइएको छ ।

कर्मचारीहरुलाई समूहमा विभाजन गरी प्रत्यक्ष सम्पर्कमा नआउने गरी कार्यसम्पादन गर्ने वातावरण मिलाउने, सिफ्ट वाइज काम गराउने, घरैबाट काम गर्ने व्यवस्था मिलाउने र रिमोट एसेस जस्ता उपाय अवलम्वन गर्न राष्ट्र बैंकले भनेको छ ।

संक्रमणको शंका लागेकालाई तत्काल आइसोलेटेड गरी परिक्षण गर्न, कन्ट्र्याक्ट ट्रेसिङमा परेकालाई क्वारेन्टिनमा राख्न पनि निर्देशन दिएको छ ।

संस्थाहरूमा कोभिड-१९ व्यवस्थापन समूहको गठन गर्न पनि राष्ट्र बैंकले भनेको छ ।