अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालद्वारा नेदरल्याण्ड्सलाई २ सय ७ रनको लक्ष्य

नेपालद्वारा नेदरल्याण्ड्सलाई २ सय ७ रनको लक्ष्य


काठमाडौं- त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई २ सय ७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनायो ।

उसका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्नुभयो ।

कुशलले ४६ बलमा आठ चौका र एक छक्कासहित ६२ रन बनाउनुभयो । जारी सिरिजमा उहाँको यो लगातार तेस्रो अर्धतकीय पारी हो ।

त्यस्तै, उपकप्तान ऐरीले ३० बलमा पाँच छक्का र तीन चौकासहित ६० रनको योगदान दिनुभयो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उहाँको यो पहिलो अर्धशतक हो ।

कुशल मल्लले पनि आक्रामक ब्याटिङ गर्नुभयो । उहाँले सात बलमा तीन छक्काको मद्दतमा १८, कप्तान ज्ञानेन्द्र मल्लले २०, विनोद भण्डारीले सात र सोमपाल कामीले अविजित २१ रन बनाउनुभयो ।

बलिङमा भिभियन किंग्मा, कप्तान पीटार सीलारले दुईरदुई, बासडी लिडे र आर्यन दत्तले एकरएक विकेट लिनुभयो ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रोमा मलेसियालाई समान ९/९ विकेटले पराजित गरेको थियो। नेपाल आज नेदरल्यान्ड्समाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा छ ।

नेपालले दुई खेलमा शतप्रतिशत जितसहित ४ अंक जोडेको छ। नेदरल्यान्ड्सलाई हराएमा नेपाल लगातार तेस्रो जितसहित एक खेल अगावै फाइनल पुग्नेछ ।