अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खनाल-नेपाल समूहले बोलायो सांसदहरूको आकस्मिक बैठक

खनाल-नेपाल समूहले बोलायो सांसदहरूको आकस्मिक बैठक


काठमाडौं- नेकपा एमाले झलनाथ खनाल-माधवकुमार नेपाल समूहले सांसदको आकस्मिक बैठक बोलाएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटेल उक्त समूहको बैठक सुरू भएको नेता भीम रावलले जानकारी दिनुभयो ।

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै एमालेले माधव नेपाल र झलनाथ खनाल, कर्णाली प्रदेशका पाँच सांसदसहित ३२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार उहाँहरूलाई स्पष्टीकरण पत्र पठाइसकिएको छ ।

उहाँहरूलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको भट्टराईले बताउनुभयो ।