अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले सोधेको स्पष्टिकरणको जवाफ दिने खनाल-नेपाल समूहको निर्णय

प्रधानमन्त्रीले सोधेको स्पष्टिकरणको जवाफ दिने खनाल-नेपाल समूहको निर्णय


काठमाडौं- नेकपा (एमाले) को झलनाथ खनाल-माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको छ ।

आज काठमाडौंको एक होटलमा आकस्मिक बैठक गर्दै खनाल- नेपाल समूहले स्पष्टिकरणको जवाफ दिने निर्णय गरेको हो ।

‘स्पष्टीकरण दिन्छौँ, कानुनी प्रतिरक्षा गर्छौं र राजनीतिक लडाइँ पनि लड्छौँ,’ बैठकपछि सांसद रामकुमारी झाँक्रीले सञ्चारकर्मीसँग भन्नुभयो ।

माधवकुमार नेपाल पक्षमा लागेका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेश सभाका ५ जना सदस्यलाई अध्यक्ष ओलीले स्पष्टीकरण सोध्नु भएको छ ।

कारबाहीको सूचीमा रहेका एमालेका ३२ सांसदलाई पत्र काटियो [पत्रसहित]