अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले पूजाआजा गरेपछि चितवन पठाइयो राम-सीताका मूर्ति

प्रधानमन्त्रीले पूजाआजा गरेपछि चितवन पठाइयो राम-सीताका मूर्ति


काठमाडौं । राम-सीता रथयात्रा तनहुँ र चितवनको संगमस्थल देवघाट पुगेको छ ।

राम-सीता रथ यात्रालाई मंगलबार साँझ देवघाटमा बाजागाजासहित भव्य स्वागत गरिएको छ । राम-सीतालाई स्वागत गर्न र हेर्न देवघाटमा हजारौंको संख्यामा स्थानीय उपस्थित भएका छन् । ठाउँठाउँमा जय श्री राम लेखेका व्यानर समातेर सामाजिक दूरी कायम गर्दै स्थानीयले स्वागत गरेका छन् ।

धर्मगुरुहरूले पनि राम-सीतालाई भव्य स्वागत गर्नुभएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट वैदिक विधिअनुसार रथयात्रासहित राम, सीता, लक्ष्मण र हनुमानको प्रतिमालाई विदा गर्नुभएको थियो ।

राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा बेग्लाबेग्लै रथमा राखेर लावालस्करसहित देवघाट पुर्‍याइएको हो । रथयात्रा देवघाट लैजाने क्रममा धादिङ, चितवनलगायत सडकमा ठाउँठाउँमा स्थानीयले स्वागत गरेका थिए ।

रथयात्रामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, पर्यटन सचिव यादवप्रसाद कोइराला र पशुपति विकास कोषका सचिव प्रदीप ढकाल लगायत सरकारका उच्च अधिकारी सहभागी हुनुहुन्छ ।

सो रथयात्रा आज देवघाटमै बस्नेछ । सो रथयात्रा भगवान रामको जन्मथलो चितवको माडीस्थित अयोध्यामा बुधबार मात्र पुग्नेछ । राम नवमीको अवसर पारेर बुधबार राम, सीता, लक्ष्मण र हुनमानको प्रतिमा स्थापना गरिनेछ ।

माडीको वडा नम्बर ८ र ९ मा पर्ने अयोध्यामा निर्माण भएको राम मन्दिरमा राम, सीता, लक्ष्मण र हुनमानको प्रतिमा स्थापना गरिनेछ । प्रतिमा स्थापना गरेपछि अयोध्यामा बुधबार विशेष कार्यक्रम गरिनेछ ।