अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल खेलकुद महासंघको अध्यक्षमा रमेश पौडेल

नेपाल खेलकुद महासंघको अध्यक्षमा रमेश पौडेल


काठमाडौं- नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले नयाँ नेतृत्व चयन गरेको छ ।

महासंघले मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको पहिलो भेलाले गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।

‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नाराका साथ भेलाले महासंघको संयोजकमा रमेश पौडेललाई चयन गरेको छ ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेत, उपाध्यक्षमा प्रभातजंग कटुवाल, एकेन्द्र कुँवर, गोविन्द भट्टराई, ध्रुव आचार्यलगायत १२ जना चुनिनु भएको छ । यस्तै, महासचिवमा मेघराज पौडेल चुनिएका छन् । यस्तै, सचिवमा वासु नेपाल, सन्तोष वान्तावालगायतका ७ जना सचिव बन्नु भएको छ ।

भेलाले महासंघको केन्द्रीय कमिटी सदस्य ५५१ जनाको बनाएको छ । कमिटी पत्रकार सम्मेलन गरी घोषणा गरिने वरिष्ठ उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।